आइतबार, साउन १२, २०८२

प्रियंका र निकलाई दुःखी बनाउने त्यो डिभोर्सको खबर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मुम्बई – प्रियंका चोपडा र निक जोनसको बिहेलाई लियर पछिल्लो समय निकै ठुलो अफवाह फैलिएको थियो। इन्टरनेशनल म्यागेजिन ‘ओके’ले आफ्नो रिपोर्टमा प्रियंका र निकको बिहेको चार महिनामै डिभोर्स हुँदैछ भन्ने खबर दावाका साथ प्रकाशित गरेको थियो। बिहे पछि दुबैलाई एक अर्काको कमजोरी थाहा भयो र अब उनी एक साथ बस्ने छैनन् भन्दै समाचार प्रकाशित गरेको थियो।

यस्तो समाचार बाहिरियसँगै यो निकै भाइरल बन्यो। तर, पछि मात्रै थाहा भयोकी यो एउटा बनावटी समाचार मात्र हो। म्यागेजिनले आफ्नो बढी प्रति बिकाउनका लागि यस्तो समाचार प्रकाशित गरेको रहेछ। प्रियंका निकका साथ निकै खुशी छिन्। जब प्रियंका र निक आफ्नो परिवारका साथ मियामीमा छुट्टि मनाइरहेका थिए त्यो समयमा यो समाचार भाइरल बनेको थियो।

यतिबेला यो समाचार प्रति प्रियंकाका निकटतम साथिहरूको भनाई बाहिरिएको छ। उनका एक साथीले यो समाचार पुरै झुटा भएको बताएका छन्। उनले अगाडि भनेका छन्, ‘यो जोडि आपसमा निकै खुशी छ। तर, बिहेपछि उनीहरूको जोडिलाई मान्छेले तार्गेट गरिरहेको आभास भइरहेको छ।’

प्रियंकाका अर्का निकटतम ब्यक्तिले यदि यो खबरले प्रियंकाको मन भड्किए उनलाई कसैले रोक्न नसक्ने र उनले ‘वके’का विरूद्ध मुद्दा समेत दायर गर्न सक्ने छिन्। यदि यस्तो भए ‘वके’का लागि यो निकै चुनौतीपूर्ण हुने उनको भनाई छ।

प्रियंका र निक यस घटनाप्रति निकै दुःखी छन्। दुबै ‘वके’ म्यागेजिन विरूद्ध कानुनी कारवाही गर्ने सोच बनाइरहेका छन्। वकेले समाचारमा प्रियंका र निक बिच सानो सानो कुरामा पनि झगडा हुने गरेको लेखेको थियो। उसले निकको परिवार प्रियंकाको खर्चबाट परेसान बनेको समेत लेखेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्