बुधबार, साउन ८, २०८२

कम उमेरका हिरोइनलाई माथ दिने ६४ वर्षीया रेखाको रुप 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मुम्बइ- इशा अम्बानीको बिहेमा विभिन्न हस्तिहरुको उपस्थिति थियो। विवाहकै रमझमकाबीच जब रेखाको आगमन भयो सबैको नजर उनीमा गड्यो। सदाबहार सुन्दरी रेखा विहेमा आकर्षक साडीमा उपस्थित थिइन्। उनको पहिरनले सबैलाई आकर्षित गर्‍यो।

विवाहमा उपस्थित सबै रेखाको सुन्दर रुपले दंग देखिन्थे। अम्बानीको विहेमा सबै कलाकारहरु एक सय एक पहिरनमा थिए। सबै उत्तिकै आकर्षित देखिन्थे। तर जब रेखा विवाहमा पुगिन उनको पहिरन र रुपले सबैलाई माथ दियो। 

रेखाले अम्बानीको विहेमा रातो र नौरंगी रंगको कम्बिनेसन भएको साडी लगाएकी थिइन् र रेखाको यो साडी मनोज मल्होत्राले कलेक्सन गरेका थिए। रेखाले घाँटीमा ठुलो हार, हातमा चुरा, मांग टीका र कपालमा गजरा लगाएकी थिइन्। उनीसँग आफ्नो लुगासँग म्याच हुने पर्स पनि थियो।

Rekha

विहेमा रेखाले मनिष मल्होत्रासँग खुलेर पोज दिँदै तस्बिर खिचिन्। यसको साथमा विहेमा सरिक भएका उनका अन्य तस्बिरहरु पनि सार्वजनिक भएका छन्। जसमा शिल्पा शेट्टी, गौरी खान र अनिल कपूरकी श्रीमति सुनिता कपुरका साथ उनेले दिएका नयाँ पोज पनि सार्वजनिक भएका छन्। 

रेखा विभिन्न पार्टी, फङ्सन र विहेमा कान्जीवर र बनारसी साडिमा देखिन्छन्। रेखालाई बलिउड इन्डस्ट्रिमा ४८ वर्ष भइसकेको छ। रेखाको अभिनयका साथै सुन्दर रुपका तमाम प्रसंशक छन्। उनी ६४ वर्षकी भइन्। ६४ वर्षको उमेरमा पनि उनी आफू भन्दा कम उमेरका हिरोनीहरुलाई माथ दिन्छन्।
Rekha
Rekha
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्