सोमबार, साउन ६, २०८२

समर लभको फस्ट लुक सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुविन भट्टरार्इले लेखेको  सर्वाधिक बिक्री तथा रूचाइएको उपन्यास ‘समर लभ’कै विषयलाई समेटेर बनाइएको फिल्मको फस्ट लुक  सार्वजनिक भएको छ ।

फिल्म बन्ने घोषणा भएको करिब साढे एक वर्ष पछि फिल्मको रिलिज मिति तय भएको छ । फिल्मको रिलिज मिति २५ माघ तय भएको छ ।

भ्यालेनटनइनको सेरेफेरोमा रिलिज हुन लागेको यस फिल्म प्रेमकथामा आधारित छ । 

उपन्यासलाई  रूचाएका पाठक दर्शक बनेर हल सम्म तान्नुपर्ने निर्माण पक्षका लागि ठूलो चुनौती छ। 

फिल्मको निर्देशन मुस्कान ढकालले गरेको हुन् । फिल्ममा सायाको भुमिकामा रेवती क्षेत्रीले निभाएकी छन् ।

अर्को प्रमुख पात्र ‘अतीत’को भुमिकामा आशिष पियाले निभाएको छन् । रेवती क्षेत्री सन् २०१६ को मिस युनिभर्सिटी र मिस इन्टरनेसनल भारत उपाधिकी विजेता पनि हुन् ।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्