बिहीबार, असार १२, २०८२

बिग बोसका अनुपले हेयर ट्रान्सप्लान्ट गरेको खुलासा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मुम्बइ- बिग बोस १२ का जेष्ठ कन्टेसटेन्ट भजन सम्राट अनुप जलोटाले आफ्नो हेयर ट्रान्सप्लान्ट गरेका खुलासा गरेको छन्। 

बिग बोसका अन्य कन्टेसटेन्ट रोमिल, रोहित र दिपकसँगको बातचितमा यस्तो कुरा खुलासा गरेका हुन्। दीपक र रोहितले उनको कपालको सन्दर्भ सोधपुछमा उनले यस्तो खुलासा गरेको थिए। 

हेयर ट्रान्सप्लान्टका लागि उनले सात लाख खर्च गरेका थिए। उनले ७ हजार कपाल ट्रान्सप्लान्ट गरेका छन्। 

एक रौंको एक सय भारतीय रुपैयाँ तिरेर कपाल ट्रान्सप्लान्ट गरेको उनले बताए। उनले कपाल भने कहिल्यै नझर्ने पनि बताए।
 
कपाल ट्रान्सप्लान्ट गर्दा साना साना छुटा जस्ता रहेको तर, अहिले कपाल बढेको पनि बताए। विशेषत दीपकलाई लक्षित गर्दै उनले पैसा उसुल भएकोमा खुशी पनि व्यक्त गरेका थिए। 

उनलाई आफ्नो उमेर लुकाउन कुनै इच्छा नभएको र आफु जस्तो छु त्यस्तै रहन चाहने हुनाले कपाल कलर नगर्ने बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्