काठमाडौं- बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ।
बिहीवार दिउँसो १:०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।
उनका अनुसार स्थगित बैठक ४ वैशाख सोमबार दिउँसो १:०१ बजे बस्नेछ।