सोमबार, वैशाख १५, २०८२

को हुन् रास्वपाले सांसद बनाउन लागेकी विन्दवासिनी ?

 श्रेष्ठको पद रिक्त भएपछि कसलाई सांसद बनाउने भनेर छलफल हुँदा कंशाकार छानिएकी हुन्।
 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ। पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्ध्यबासिनी कंशाकारलाई निर्वाचित गर्ने निर्णय पनि गरेको छ।
व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोडको डिल गरेको अडियो टेप सार्वजनिक भएपछि श्रेष्ठको सांसद पद गएको हो। श्रेष्ठलाई औपचारिक रुपमा पदमुक्त गर्न रास्वपाले संसद् सचिवालयमा पत्र पठाउनुपर्छ। संसद् सचिवालयमा गएको पत्र सभामुखले प्रतिनिधिसभाको बैठकमा पढेर सुनाएपछि उक्त पद रिक्त हुन्छ।

सभामुखले उनको पद रिक्त रहेको जानकारी गराएपछि निर्वाचन आयोगले नयाँ सांसद चयनको आवश्यक प्रक्रिया थाल्नेछ। श्रेष्ठ समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन्। उनी आदिवासी-जनजाति समूहबाट सांसद बनेका थिए। 
श्रेष्ठको पद रिक्त भएपछि कसलाई सांसद बनाउने भनेर छलफल हुँदा कंशाकार छानिएकी हुन्। आदिवासी-जनजाति क्लस्टरको महिलातर्फ कंशाकार प्राथमिकतामा रहेकाले उनको संसद् यात्रा निश्चित भएको हो।

विन्दवासिनी एसिड पीडितहरुको न्यायका लागि लडिरहेकी अभियन्ता हुन्। उनी आफैं पनि एसिड पीडित हुन्।

हेटौंडाकी कंशाकारमाथि २०७० सालमा एसिड आक्रमण भएको थियो। हेटौंडामा रहेको आफ्नै परिवारको भाँडा पसलमा बसिरहेका बेला भारतीय नागरिकले उनलाई बोलाएर एसिड छ्यापेका थिए। आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेपछि उनले कंशाकारमाथि सो कुकर्म गरेका थिए। अभियुक्त ६ वर्षपछि २०७७ सालमा पक्राउ परे र अहिले जेल सजाय काटिरहेका छन्।

एसिड प्रहारबाट कंशाकारको अनुहारमा निकै क्षति पुगेको छ। अहिलेसम्म उनले २० पटक अनुहारको शल्यक्रिया गराइसकेकी छन्। 

Metro Mart
worldlink

प्रकाशित: Apr 12, 2023| 19:45 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...