सोमबार, वैशाख १५, २०८२

कृषिउपजमा आत्मनिर्भर नहुँदा समस्या भोग्नुपर्‍यो : अध्यक्ष ओली

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

Metro Mart
worldlink

झापा- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताएका छन्।
 
गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आज आयोजित एक कार्यक्रममा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकतासमेत जोड दिए। उनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गरे। दक्षिण एशियाली किसान सम्मेलन  उद्घाटन गर्न अध्यक्ष ओली आज भद्रपुर विमानस्थल हुँदै झापा आएका हुन्।
 
ओलीले बिहीबार पार्टी निकटका किसानको सङ्गठन अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय सम्मेलनको पनि उद्घाटन गर्ने कार्यक्रम छ। झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशालामा हुने सातौँ राष्ट्रिय सम्मेलनले आगामी नेतृत्वसमेत चयन गर्ने जनाइएको छ। 
 

प्रकाशित: Apr 12, 2023| 18:17 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...