आइतबार, असार १, २०८२

प्रादेशिक अस्पताल सिरहामा आगलागी, एक बिरामीको मृत्यु

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा उपचार गराउन आएका एक बिरामीको मृत्यु भएको छ।

बुधबार दिउँसो सिरहा नगरपालिका-७ स्थित अस्पतालको जेनेरेटर राखेको घरमा आगलागी भएको हो। आगलागी भएपछि बिरामीहरुको भागाभाग भयो र सोही क्रममा डायलासिस गर्न पुगेका एकजना बिरामीको मृत्यु भएको हो।

मृत्यु हुने बरियारपटी गाउँपालिका-३ खोक्सी का ६० वर्षीय प्रदीप दास हुन्। उनी किड्नीका बिरामी थिए।

प्रकाशित: Apr 12, 2023| 16:48 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्