सोमबार, वैशाख २२, २०८२

संसद्मा उठ्यो किमाथांका नाकाको विषय

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

Metro Mart
worldlink

काठमाडौं- नेपाल–चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

'किमाथाङ्का नाका बन्द छ। आवतजावत पनि ठप्प छ। नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु', सांसद खड्काले भने।  

साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उनले संसद्मा उठाए। 'वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ। यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु।', सांसद खड्काले भने।
 

प्रकाशित: Apr 12, 2023| 15:05 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...