काठमाडौ- सरकारले विदेशबाट आयात गर्ने तरकारीसहित खाद्यान्नको विषादी परीक्षण गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आयात हुने तरकारी खाद्यान्न मापदण्ड पुरा भएका मात्रै आयात गर्ने भएको हो।
साथै स्वदेशमा उत्पादन भएको तरकारी र खाद्यान्न समेतको विषादी परीक्षण हुने भएको छ। सरकाले भारतबाट आयात हुने तरकारी सहित खाद्यान्नको विषादी परीक्षण रोकेको भन्दै आलोचना समेत भएको थियो।
त्यस आलोचनालाई मध्यनजर गर्दै संसदीय समितिबाट तयार गरेको विधेयकका आधारमा विदेशबाट आयात हुने तरकारी र विषादीको परीक्षण गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन्।
तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन्। तर, त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारत लगायत अन्य मुलुकबाट आयात हुने गरेको थियो।