सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • मेयर बालेनको धारणा अराजक रहेको ठहर, गम्भीर ध्यानाकर्षण गराउने मन्त्रिपरिषद्‍को निर्णय

मेयर बालेनको धारणा अराजक रहेको ठहर, गम्भीर ध्यानाकर्षण गराउने मन्त्रिपरिषद्‍को निर्णय

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पछिल्ला दुई दिनमा व्यक्त गरेको धारणा अराजक रहेको ठहर सरकारले गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले यस्तो ठहर गरेको हो। मेयर शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको ठहर गरिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

बैठकपछि उनले भनिन्, 'सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने भनेर जेजसरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ। त्यो अराजकता हो भन्ने विषयमा हामीले गम्भीर रुपमा छलफल गरेका छौं। त्यसैगरी उहाँको ध्यानाकर्षण गराउने कुरा पनि भएको छ।'

मेयर बालेनले संघीय सरकारका १४ वटा मन्त्रालयले विभिन्न काम अघि बढाउन सहयोग नगरेको भन्दै गत आइतबारबाट सिंहदरबार, शीतल निवास र मन्त्री क्वार्टरको फोहोर उठाउन बन्द गर्ने घोषणा गरेका थिए। 

प्रकाशित: Apr 11, 2023| 17:56 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...