सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गोविन्द भट्टराईलाई सघाउन तनहुँ पुगेका विश्वप्रकाशले भने- एकढिक्का भएर  लागे जित सम्भव छ

गोविन्द भट्टराईलाई सघाउन तनहुँ पुगेका विश्वप्रकाशले भने- एकढिक्का भएर  लागे जित सम्भव छ

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा जित्ने गरी तयारी गर्नुपर्ने बताएका छन्।

मंगलबार तनहुँ पुगेका शर्माले नेपाली कांग्रेस तनहुँ पार्टी कार्यालयमा आयोजित छलफलमा  तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका तर्फबाट उम्मेदवार गोविन्द भट्टराईलाई विजयी गराउने हिसाबले लाग्न सम्पूर्ण कार्यकर्ता एकढिक्का भएर लाग्न आग्रह गरे।

पार्टीमा हुन सक्ने असन्तुष्टिलाई थाती राखेर एकढिक्का भएर लागे विजय सम्भव रहेको महामन्त्री शर्माको भनाइ थियो। महामन्त्री शर्माले आर्थिक विषयमा समेत ज्ञान भएको नेता संसद्लाई आवश्यक रहेको भन्दै भट्टराईको जित अनिवार्य भएको तर्क गरे। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य शंकर भण्डारीले वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन गठबन्धनका दल एकजुट रहेको बताए।

तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्ता गठबन्धनको समर्थनका उम्मेदवार कांग्रेस नेता भट्टराई र एमालेका सर्वेन्द्र खनालले एक अर्कालाई मुख्य प्रतिस्पर्धी ठानेका छन्।

हालै कांग्रेस त्यागेका राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले पनि प्रमुख दलका उम्मेदवारको भोट तान्ने प्रयास गरिरहेका छन्।  गत निर्वाचनमा कांग्रेस र एमालेका उमेदवारबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो। गठबन्धनको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार ३ सय १८ मत ल्याएर चुनाव जितेका थिए भने एमालेका एकबहादुर रानाले झन्डै २० हजार मत प्राप्त गरेका थिए।

Metro Mart
worldlink

रास्वपाका विकास सिग्देलले ६ हजारभन्दा धेरै मत ल्याएका थिए भने कांग्रेसका बागी उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८ सय ७८ मत ल्याएका थिए।
 

प्रकाशित: Apr 11, 2023| 13:56 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...