सोमबार, वैशाख १५, २०८२

सत्य निरुपणलगायत विधेयकलाई सर्वस्वीकार्य बनाउने तीन दलको सहमति

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- प्रमुख तीन दलका बीचमा सत्य निरुपण तथा बेपत्ता नागरिकसम्बन्धी लगायतका विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ।

बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा यस्तो सहमति जुटेको हो। विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा बारेमा बैठकमा छलफल  भएको थियो। अर्को बैठक वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ। 

संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुंगो लगाउन पनि नेताहरु सहमत भएका छन्। बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए।

यसैगरी एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने, महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थिए।

सरकारले संक्रमणकालीन विधेयकलाई सदनबाटै पारित गर्न चाहेको छ भने एमालेले संसदीय समितिमा लैजानुपर्ने भन्दै आएको छ। प्रधानमन्त्री दाहालले संसद्‌मा दर्ता भएका तीन विधेयक पारित गर्नका लागि सत्तापक्ष र प्रतिपक्षबीच समझदारी खोज्ने प्रयास गरेका छन्। सभामुख देवराज घिमिरेको पहलमा शनिबार सिंहदरबारमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रधानमन्त्रीले सहमतिमै विधेयक पारित गरिने बताएका थिए।

Metro Mart
worldlink

प्रकाशित: Apr 11, 2023| 11:28 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...