सोमबार, वैशाख १५, २०८२

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक सभामुख निवासमा

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा तीन ठूला दलका शीर्ष नेताहरूको बैठक बसेको छ।

बैठकमा सभामुख घिमिरेसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन्।

यसैगरी एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन्।

महान्याधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ। यसअघि गत शनिबार पनि सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड, ओली र देउवाको बैठक भएको थियो।

उक्त छलफलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई संसदबाट पारित गर्ने विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री प्रचण्डले उक्त विधेयक फास्ट ट्रयाकबाट पारित गर्न प्रस्ताव गरेका थिए। आजको बैठकमा उक्त विषयमा थप छलफल हुने बताइएको छ।

Metro Mart
worldlink

बैठकमा संक्रमणकालीन न्याय, संसद्को हिउँदे अधिवेशन कहिलेसम्म गर्ने, संसदीय समिति गठन, संवैधानिक परिषद्सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारले संक्रमणकालीन विधेयकलाई सदनबाटै पारित गर्न चाहेको छ भने एमालेले संसदीय समितिबाट लैजानुपर्ने भन्दै आएको छ। सोही विषयमा सहमतिका लागि विशेष समिति गठन गर्न बैठक जारी रहेको हो।

प्रकाशित: Apr 11, 2023| 10:48 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...