सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक लेनदेन अडियोले विवादित रास्वपाको बैठक बस्दै, सांसद श्रेष्ठबारे निर्णय लिइने

आर्थिक लेनदेन अडियोले विवादित रास्वपाको बैठक बस्दै, सांसद श्रेष्ठबारे निर्णय लिइने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बोलाइएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बोलाइएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको बताइएको छ।

बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकले ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्नेबारे आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्नेछ। 

रास्वपा अनुशासन आयोगका संयोगक भरतमणि देवकोटाका अनुसार श्रेष्ठले सोमबार नै स्पष्टीकरण बुझाइसकेका छन्। 

स्पष्टीकरणपत्रमा उनले आफूलाई जोडेर आएको अडियो नक्कली भएको जिकिर गरेका छन्। उनले अडियो सम्पादन भएर आएको जिकिर गरे पनि पार्टीले गर्ने जस्तोसुकै कारबाही भोग्न भने तयार रहेको बताएका छन्।

आइतबार पनि उनले एक विज्ञप्तिमार्फत आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए। यसविरुद्ध कानुनी उपचार खोज्ने उनको भनाइ थियो। पार्टीले भने छानबिनको निर्णय गर्दै उनलाई निलम्बन गरिसकेको छ। 

Metro Mart
worldlink

उनले गल्ती गरेको पार्टीका नेताहरू बताउँदै आएका छन्। उनीसँग जोडिएर थप अडियोसमेत सार्वजनिक भइरहेकाले उनको सांसद पद जाने सम्भावना रहेको नेताहरूको भनाइ छ।

प्रकाशित: Apr 11, 2023| 06:47 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...