बुधबार, वैशाख १७, २०८२

थपिएको म्यादभित्र सडक विस्तार पूरा हुनुपर्छ : मन्त्री ज्वाला

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

नवलपुर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायगढ बुटवल सडक विस्तारको काम थप भएको म्यादभित्र सक्नुपर्ने बताएका छन्। सडक विस्तारका लागि आर्थिक रुपमा कुनै पनि समस्या नभएको भन्दै सडक विस्तारको काम समयमै सक्नुपर्ने बताएका हुन्। 

सडक विस्तारका विषयमा देखिएका समस्याहरू समाधान गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, “हामीले जनताका गुनासो पनि सुन्यौँ, तिनको पनि सम्बोधन हुन्छ, व्यवसायीका गुनासाहरू पनि सुन्छौँ, आर्थिकरूपमा केही समस्या छैन, अरू कुराहरू पनि समन्वय गर्छौँ।” 

थपिएको म्यादभित्रै काम गराउने गरी सरकार लाग्ने भन्दै उहाँले आफूहरूको अर्जुनदृष्टि त्यसैमा रहेको बताए। “उहाँहरूले आफ्ना सम्झौताअनुसारको काम समयभित्र गर्छौँ भनेर कमिटमेन्ट गर्नुपर्छ अरू सम्झौताहरु हुँदैन”, मन्त्री ज्वालाले भने, “सडक विस्तारको काम ढिला भइरहेको भन्ने गुनासो आएपछि हामीले पहिलो प्राथमिकतामा यस सडकलाई राखेर नजिकबाट हेर्नका लागि निरीक्षण गरेका हौँ।” सडक विस्तारको कामलाई समयमै सम्पन्न गर्नका लागि के के अप्ठ्यारा र चुनौतीहरू छन् भनेर नजिकबाट बुझ्न पाएको उनले बताए। 

“सडक विस्तार गर्ने ठाउँमा बिजुलीका पोलहरू हटाइएका छैनन्, हटाइएको ठाउँमा तीव्ररुपमा काम भएको देखिएको छ”, उनले भने, “रूख कटान र व्यवस्थापनको काम अझै बाँकी रहेछ, समाधानको काम गर्नुपर्छ।” एकपटक म्याद थप भएकाले कामको प्रगति कमजोर छ भन्ने कुरा पुष्टि भएको भन्दै उनले थपेको म्याद पनि अन्तिम चरणमा पुगेको बताए। “कतिपय ठाउँमा ब्ल्याक टप, ड्रेन, कन्स्ट्रक्सन, अक्सपाल्ट, पुल निर्माणको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “ढिलो त भयो तर पछिल्लो समय काममा केही तीव्रता आएको छ।” 

यस वर्षभित्र ५० प्रतिशत काम सकिनेमा आशावादी हुने ठाउँ देखिएको मन्त्री ज्वालाले बताए। एक सय १४ किलोमिटर लामो सडक अनुगमनका क्रममा उनले विभिन्न १३ स्थानमा कामको प्रगति हेर्दै निर्देशनसमेत दिए।

Metro Mart
worldlink

प्रकाशित: Apr 10, 2023| 21:27 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...