बुधबार, वैशाख १७, २०८२

पर्यटनमन्त्री किरातीले सोधे वायुसेवा निगमलाई पाँच प्रश्न

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले लापरबाही गरेको भन्दै आगामी दिनमा त्यस्तो हुन नदिने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्।

मन्त्री किरातीले चार्टर फ्लाइट, हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको लगायतका विषयमा प्रश्नहरु तेर्स्याउँदै सुधारको खाका प्रस्तुत गर्न भनेका हुन्।

मन्त्रालयले यसअघि गत चैत १५ गते निगमले काठमाडौंदेखि क्वालालम्पुरमा चार्टर उडान गरेको विषयमा लिखित सोधपुछ गरेको थियो। 

निगमलाई सोधिएका पाँच प्रश्न

१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने। 

Metro Mart
worldlink

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको  सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो? साथै यसबाट आर्थिक भार के कति पर्न गयो?

३. काठमाडौँ दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो?  

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ? पेश गर्ने।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन? पेस गर्ने।

प्रकाशित: Apr 10, 2023| 21:11 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...