बुधबार, वैशाख १७, २०८२

दुई-तीन करोड लात्ताले कुल्चिएर हिँडेको मान्छे हुँ: लामिछाने

 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो रेकर्ड चुनावकै मुखमा सार्वजनिक हुनुमा शंका व्यक्त गरेका छन्।

सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गरेका हुन्। 

उनले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि हातमा बसेको, गोजीमा बसेको अडियो रेकर्ड किन ल्याइयो थाहा छैन, तर धन्यवाद छ। अगाडि नै ल्याइदिएको भए अर्कै मान्छेलाई सांसदको रूपमा राख्नुहुन्थ्यो। ढिला भयो।’

लामिछानेले पार्टीभित्र देखिने यस्ता कृयाकलापको नियन्त्रणका लागि विधि बनाइएको र सोही विधिअनुसार कारबाही प्रकृया अगाडि बढाइएको बताए। ‘अरू दलमा जस्तो भ्रष्टाचारीलाई पूजा गर्ने बचाउने हाम्रो चलन छैन,’ लामिछानेले भने।  
अर्को एक कार्यक्रममा लामिछानेले रास्वपालाई बदनाम गर्ने उद्देश्यले अडियो रेकर्ड सार्वजनिक गरिएको आरोप लगाए। ‘त्यस्ता दुई-तीन करोडलाई लात्ताले कुल्चिएर, फ्याँकेर हिँडेको मान्छे हुँ। कसैले प्रभावित पार्न नखोजे हुन्छ,’ उनले भने। लामिछानेले सँगै हिँडेका सहयात्री साथीहरूले बीच बाटोमा बाटो बिराए तिनलाई ठेगान लगाउने आँट र साहस पनि आफूमा भएको बताए।

आजै संसद् बैठकमा रास्वपाका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले आफ्नो पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो संवादबारे संसद् बैठकलाई जानकारी गराएका छन्। उनले सांसद श्रेष्ठ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच भएको अडियोका बारेमा छानबिन गर्न समिति गठन गरिएको र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको जानकारी दिए। 

Metro Mart
worldlink

रास्वपाका प्रमुख सचेतकसमेत रहेका परियारले सांसद श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा पार्टीको तर्फबाट माफी पनि मागे। परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन्।

‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईंहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं। संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं। यो घटनाले विचलित हुने छैनौं। राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ।’रास्वपा प्रतिनिधिसभा सदस्य श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो।

यस्तो घटना पहिलो पटक भने नभएको परियारले तर्क  गरे। उनले भने, 'नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्छ।’  

प्रकाशित: Apr 10, 2023| 15:35 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...