बुधबार, वैशाख १७, २०८२

दुई महिनापछि मधेश प्रदेशसभा बैठक बस्दै

मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार (आज) बोलाइएको छ।
 |  सोमबार, चैत २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २७, २०७९

जनकपुरधाम- मधेस प्रदेशको प्रदेशसभा बैठक सोमबार (आज) बोलाइएको छ। करिव दुई महिनापछि सोमबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो। 

फागुन ४ गतेपछि प्रदेशसभा बैठक बोलाइएको थिएन। सरकारले बिजनेस नदिँदा र राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनले प्रदेशसभा बैठक बोलाइएको थिएन।

आजको बैठकमा दुईवटा कार्यसूची रहेको प्रदेशसभा सचिव रञ्जित यादवले जानकारी दिए। उनका अनुसार प्रदेश खेलकुद विकास सम्बन्धि विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने कार्य सूची रहेको छ। बक्यौता रकम छानबिन गरि भुक्तानी प्रक्रिया अगाडि बढाउन उपसभामुख बबिता राउत इसरको संयोजकत्वमा विशेष समिति गठन गरिएको थियो। तर, उपसभामुखले गत फागुन १८ गते राजीनामा दिएकी थिइन्।

त्यसपछि संसदमा प्रतिनिधित्व गरेका सम्पूर्ण दलले सर्वसहमतिमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानीकुमारी शर्मालाई जिम्मेवारी दिइएको थियो । समितिले छानबिन गर्न नसकेको भन्दै समय थपको माग गरेको छ। 

यस्तै, मधेस प्रदेशसभाको पहिलो कार्यकालमा पास हुन नसकेको खेलकुद ऐन पुनः प्रदेशसभामा लैजाने तयारी गरेको छ। यसअघि सो विधेयक तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वको सरकारले प्रदेशसभामा लगेको थियो। तर, उक्त विधेयक लामो समयदेखि प्रदेशसभामा रहे पनि अन्य प्रकृया अगाडि बढेको थिएनन्। 

Metro Mart
worldlink

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा रहेको उक्त मस्यौदालाई ल्याएर पुनः मन्त्रिपरिषद्बाट स्वामित्व लिई प्रदेशसभामा पठाउने तयारी छ।

प्रकाशित: Apr 10, 2023| 09:19 सोमबार, चैत २७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...