बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ : सहमहामन्त्री आङदेम्बे

कांग्रेसभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी बनाउनुपर्छ : सहमहामन्त्री आङदेम्बे

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीभित्र योगदान गरेकालाई सम्मान गर्ने परिपाटी विकास गर्नुपर्ने बताएका छन्।

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उनहाँले पार्टीभित्र योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने परिपाटी विकास भएमात्र कांग्रेस वलियो हुने बताएका हुन्।

उनले पार्टीको १४औँ महाधिवेशनले पदाधिकारीमा युवा नेतृत्वलाई प्राथमिकता दिए पनि युवाहरुले पार्टीलाई सही दिशामा अगाडि बढाउन नसकेको बताए। पार्टीको नेतृत्वमा पुग्छु भन्नेले आफूमात्र जान्ने छु भनेर सोच्न नहुने उनको भनाइ थियो ।

पार्टीको क्रियाशील सदस्यता बढाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताले मेहनत गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेसले दुःख गरेका व्यक्तिको खोजी गर्नुपर्ने उहाँको भनाइ छ । “युवाले पार्टीमा नेतृत्व गरोस् भन्ने मेरो इच्छा र चाहना हो”, उनले भने।

प्रकाशित: Apr 09, 2023| 21:03 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...