बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रुवी भ्यालीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

रुवी भ्यालीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुवी भ्याली जस्ता पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा ध्यान दिन सके आर्थिक अवस्था सबल हुने विश्वास व्यक्त गरेका छन्।

एमालेको मिसन ग्रासरूट कार्यक्रमअन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीयस्थल रुवी भ्यालीमा आज आयोजित जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुवी भ्यालीका बारेमा आफूले सुनेको स्मरण गरे।

आफूले पहिलो पटक भ्यालीमा पाइला टेकेको भएपनि यहाँ पाइने पत्थरहरूको विशेषताबारे व्याख्या गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले रुवि पत्थर, सिलाजित लगायतका बहुमूल्य पत्थरहरू संकलन गरेर सुरक्षित राखिरहेको बताए।

यस्ता बहुमूल्य पत्थरहरू र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकारमार्फत आवश्यक बजेट व्यवस्थापनमा आफूले पहल गर्ने उनले बताए। धादिङबेंसीदेखि रुवी भ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरोन्नति गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने पनि उनले बताए।

अध्यक्ष ओलीले यस भ्यालीको सबैभन्दा चर्चित पर्यटकीयस्थल पाङ्साङ् पाससम्म सडक सञ्जाल पुर्याउन सकिने र आफू त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने बताए।

Metro Mart
worldlink

नेपाललाई चीनसँग जोड्ने सीमा पनि यस भ्यालीमै पर्ने भएकाले यहाँका जनतालाई केरुङसम्म जाने, व्यवसाय सञ्चालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने बताए।

प्रकाशित: Apr 09, 2023| 18:15 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...