बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • चितवन कांग्रेसमा मिलाप, पार्टी कारबाहीमा परेकाले गरे जीतनारायणलाई जिताउन आह्वान

चितवन कांग्रेसमा मिलाप, पार्टी कारबाहीमा परेकाले गरे जीतनारायणलाई जिताउन आह्वान

माओवादी उम्मेदवारलाई नसघाएको बात लगाएर कारबाहीमा परेका पूर्वजिल्ला सभापति सापकोटा, केन्द्रीय सदस्य कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठलगायतका नेताहरुले मागे जीतनारायणलाई भोट। 
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– सत्तारुढ कांग्रेसले गत ४ मंसिरको निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई भोट हाल्न उर्दी जारी गरेपछि त्यसको विरोधमा उत्रिएका चितवनका जिल्ला नेतालाई कारबाही गरेको थियो।

पार्टीको लाइनविपरीत त्यतिबेलाको निर्वाचनमा उम्मेदवारी दिएको बात लगाएर कांग्रेसबाट ‘रेस्टिकेट’मा परेका जिल्ला नेताहरु यतिबेला आगामी १० वैशाखको उपनिर्वाचनमा भने पार्टीका आधिकारिक उम्मेदवारलाई मत दिन सहमत भएका छन्। यसलाई चितवन कांग्रेसभित्र रहेको बेमेललाई मेलमिलाप मानिएको छ।

कांग्रेसबाट विद्रोह गरेर कारबाहीमा परेका नेताहरुले उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई सघाउन आह्वान गरेका छन्। उनीहरुले अपिल प्रकाशित गरी कांग्रेसको रुख चिह्नवाहक उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका हुन्।

विगत निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई सघाएर पार्टीबाट विद्रोह गरेका पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा, गठबन्धनविरुद्ध एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मीना खरेलले संयुक्त अपिल जारी गरेका हुन्।

‘नेपालको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक परिस्थिति निरन्तर जटिल बन्दै गइरहेको र मुलुक समस्यामा हुँदा त्यसको निकास नेपाली कांग्रेसले मात्र दिन सक्छ भन्ने तथ्य विगतदेखि वर्तमानसम्मको इतिहासले पुष्टि गरिसकेको छ’, जारी अपिलमा भनिएको छ।

Metro Mart
worldlink

कांग्रेस कमजोर भयो भने देश समस्यामा फस्छ भन्ने फेरि पनि समयले प्रमाणित गरिसकेको भन्दै अपिलमा भनिएको छ, ‘मुलुकका गम्भीर समस्याको समाधानका लागि कांग्रेसमा समग्र एकता हुन आवश्यक छ।’

यसअघिको आमनिर्वाचनमा विद्रोह गरेपछि पार्टीले कारबाही गरे पनि आगामी १० वैशाखमा  हुने उपनिर्वाचनका लागि सबै नेताहरू एकमत देखिएका छन्।

चितवन २ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन्। कांग्रेस कमजोर हुँदा देश समस्यामा फस्छ भन्ने प्रमाणित भएको दाबी गर्दै उनीहरूले आफूहरू पार्टीको उम्मेदवारका पक्षमा उभिएको बताएका छन्। 

पार्टीको केन्द्रीय समितिले तत्कालीन सभापति सुशील कोइरालासँग चितवनमा बागी उम्मेदवार बनेपछि कारबाहीमा परेका पूर्वजिल्ला सभापति विकास कोइरालाको कारबाहीसमेत फुकुवा गरेको छ। यससँगै कोइराला पनि पार्टीका उम्मेदवार जिताउन लागिपरेका छन्।

कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले यसअघिका निर्वाचनमा विद्रोह गरेर विभिन्न ठाउँमा उभिएकाहरु अहिलेको उपनिर्वाचनमा सबै एकै ठाउँ आएको बताए।

प्रकाशित: Apr 08, 2023| 15:33 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...