बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • रक्षामन्त्री खड्काले ढोगे पाँचपल्ट सांसद र सातपल्ट मन्त्री बनाउने गृहजिल्लाको माटो

रक्षामन्त्री खड्काले ढोगे पाँचपल्ट सांसद र सातपल्ट मन्त्री बनाउने गृहजिल्लाको माटो

उपप्रधान एवं रक्षामन्त्री भएपछि गृहजिल्ला सुर्खेत पुगेका खड्काले विमानस्थलमा विमानबाट ओर्लिनासाथ माटोलाई ढोगेका हुन्। 
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– कांग्रेस उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूलाई पाँचपल्ट सांसद र सातपल्टसम्म मन्त्री बनाउन शौभाग्य जुटाइदिने गृहजिल्ला सुर्खेतको माटोलाई ढोगेका छन्।

उपप्रधान एवं रक्षामन्त्री भएपछि गृहजिल्ला सुर्खेत पुगेका खड्काले विमानस्थलमा विमानबाट ओर्लिनासाथ माटोलाई ढोगेका हुन्। 

सुर्खेतमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला पुगेका मन्त्री खड्कालाई स्थानीयले स्वागत गरेका थिए। 

उनले सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरी कुनै पनि काम नगरिने कसम खाए।

उनले भने, ‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु। मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम गर्‍यो भन्ने जस प्राप्त गर्न सकूँ। त्यही तागत, आर्शीवाद र शुभकामना कर्णालीको माटोसँग माग्न यहाँको धर्ती ढोगेको हुँ।’ 

Metro Mart
worldlink

सुर्खेत १ बाट निर्वाचित भएर उपप्रधान तथा रक्षामन्त्री बनेका खड्कालाई सुर्खेतका माटोले लाभैलाभ दिएको छ। उनी गत ४ मंसिरको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन्। उनले ११ हजार ६१९ मतान्तरले प्रतिद्वन्द्वीलाई हराएर विजयी भएका थिए। उपसभापति खड्काले ४२ हजार ६०७ मत प्राप्त गरेका थिए। उपसभापति खड्का पाँचौं पटक विजयी भएका हुन्। खड्का लाभको पदमा मात्रै छैनन्, उनी पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्रसमेत हुन्। खड्काकै नेतृत्वमा कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी भएको छ।

खड्का २०४८, २०५१, २०५६ मा  प्रत्यक्षतर्फबाट निर्वाचित हुन् भने २०६४ मा समानुपातिकतर्फबाट सांसद बनेका थिए। २०७० मा पुनः प्रत्यक्षबाट निर्वाचित खड्का २०७४ को निर्वाचनमा प्रतिस्पर्धी ध्रुवकुमार शाहीसँगै पराजित भएका थिए।

गृहजिल्लाको माटो ढोग्ने मन्त्री खड्का दुई पटक गृहमन्त्री, दुई पटक युवा तथा खेलकुदमन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्यमन्त्री भइसकेका छन्। लामो समयदेखि कांग्रेसका केन्द्रीय सदस्य रहिआएका खड्काले २०३१ बाट राजनीतिक यात्रा सुरु गरेका थिए।

प्रकाशित: Apr 08, 2023| 12:54 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...