बुधबार, वैशाख १७, २०८२

सिंहदरबारको फोहोर नउठाउने मेयर बालेनको उद्घोष 

फोहोर व्यवस्थापनमा राजनीति मिसाएर व्यवधान खडा गरिएपछि मेयर बालेनले सिंहदरबारकै फोहोर नउठाउने चेतावनी दिनुपरेको हो।
 |  शनिबार, चैत २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत २५, २०७९

काठमाडौं– फाहोर व्यवस्थापनमा केन्द्र सरकारको निरन्तरको असहयोगका कारण काठमाडौं महानगरका मेयर बालेन साह सिंहदरबारको फोहोर नउठाउने निर्णयमा पुगेका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका हुन्। 

मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।’ 

शनिबार बिहानै महानगरका मेयर बालेनले देशको प्रमुख प्रशासनिक अखडा सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्नुमा सरकारको असहयोग मुख्य कारण रहेको बताइन्छ। फोहोर व्यवस्थापनमा राजनीति मिसाएर व्यवधान खडा गरिएपछि मेयर बालेनले सिंहदरबारकै फोहोर नउठाउने चेतावनी दिनुपरेको हो।

महानगरले चार महिनाअघि बागमती किनारका सुकुम्बासी बस्ती हटाउन खोज्दा र शुक्रबार तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा मेयर बालेनले केन्द्रको सहयोग पाएनन्।

गत मंसिर दोस्रो साता मेयर बालेन डोजरसहित नगर प्रहरी लिएर थापाथलीको सुकुम्बासी बस्ती उठाउन पुगे पनि राजनीतिक पार्टीका कार्यकर्ताद्वारा कब्जा गरिएको बागमती किनारबाट उनीहरु हट्नेनन्। बरु प्रतिकार गरे। त्यसमा पनि केन्द्र सरकारले सहयोग गरेन।

Metro Mart
worldlink

बागमती किनार कब्जा गरेर बसेकाहरुको प्रतिकारका क्रममा ढुंगामुढा प्रहार गरिँदा महानगर प्रहरी प्रमुखसहित १८ जना घाइते भएका थिए।

त्यतिबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुकुम्बासी बस्ती हटाउन  सहयोगको आग्रह गरे पनि आश्वासन मात्र पाए, सहयोग पाएनन्। 

यति मात्र होइन, सत्तापक्ष हुँदै प्रतिपक्षीमा झरेको एमालेले सुकुम्बासीलाई देखाएर राजनीति गर्‍यो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारले मेयर बालेनको माग सुनुवाइ नगरेपछि अन्ततः उनी सिंहदरबारको फोहोर नउठाउने निर्णयमा पुगेका हुन सक्छन्। केन्द्रबाट सहयोग नपाए महानगरले पनि सिंहदरबारभित्रको फोहोर नउठाउने तयारी गरेको हो।

प्रकाशित: Apr 08, 2023| 11:01 शनिबार, चैत २५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...