बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार अब एक दिन, एक परिणाम भन्ने नाराका साथ अघि बढ्नुपर्छ : महामन्त्री थापा

सरकार अब एक दिन, एक परिणाम भन्ने नाराका साथ अघि बढ्नुपर्छ : महामन्त्री थापा

 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले गठबन्धनको सरकारले साार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रशंसा गर्दै अब कार्यान्वयन गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले अब प्रधानमन्त्रीले चुस्त टिमका साथ देश र जनताका लागि काम गर्नुपर्ने उल्लेख गरे। सरकारले मुलुकमा देखिएको आर्थिक सङ्कटलाई समाधान गरी जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुपर्ने नेता थापाको भनाइ छ। 

साझा न्यूनतम कार्यक्रम कार्यान्वयन गर्न सरकारका सबै निकायलाई परिचालन गर्न आग्रह गर्दै उनले एक दिन, एक परिणाम भन्ने नाराका साथ काम गर्नुपर्ने सुझाव दिए।

साझा कार्यक्रममा छुटेका कार्यक्रम थप्न सुझाव दिँदै उनले सरकारका निकायबीचमा आपसी समन्वय नहुँदा पनि कतिपय अवस्थामा काम प्रभावकारी नहुने भएकाले यसमा प्रभावकारी काम गर्न आग्रह गरे।

प्रकाशित: Apr 07, 2023| 18:07 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...