बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चा असहमत, अध्यक्ष केसीले लगाए हस्ताक्षर चोरीको आरोप

सरकारको न्यूनतम साझा कार्यक्रममा जनमोर्चा असहमत, अध्यक्ष केसीले लगाए हस्ताक्षर चोरीको आरोप

न्यूनतम साझा कार्यक्रममा असहमत हुँदाहुँदै पनि पार्टी अध्यक्ष केसीको हस्ताक्षर चोरी गरेर प्रधानमन्त्री प्रचण्डको सिंहदरबार कार्यालयले दस्तावेजमा समावेश गरेपछि जनमोर्चाको आपत्ति।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– दस दलीय गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रमप्रति असहमति जनाएको छ।

न्यूनतम साझा कार्यक्रममा असहमत हुँदाहुँदै पनि पार्टी अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर चोरी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिंहदरबार कार्यालयले हस्ताक्षर राखेकामा जनमोर्चाले आपत्ति जनाएको हो। 

सरकारमा सहभागी दस दलीय गठबन्धनले बिहीबार न्यूनतम साझा कार्यक्रम समेटेर १३ पृष्ठ लामो दस्तावेज तयार पारेका थिए। उक्त दस्तावेजमा कांग्रेस, नेकपा माओवादी, नेकपा एस, जसपालगायत पार्टीका शीर्ष नेताको हस्ताक्षर रहे पनि जनमोर्चा अध्यक्ष केसी र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छैनन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै जनमोर्चा अध्यक्ष केसीले दस दलका तर्फबाट सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा आफ्नो विमति रहेको जानकारी दिए। सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय र नागरिकतालगायत विषयमा जनमोर्चाको गम्भीर मतभेद रहेकाले हस्ताक्षर नगरिएको उनको भनाइ छ। 

उनले भने, ‘अघिल्लो पाँच दलीय गठबन्धन सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा पनि हामीले हस्ताक्षर गरेका थिएनौं। अहिले पनि हाम्रो त्यो नीति कायमै छ।’

Metro Mart
worldlink

हस्ताक्षर सम्बन्धमा प्रधानमन्त्री प्रचण्डसँग संवाद भए भए पनि न्यूनतम साझा कार्यक्रमबारे चर्चा नगरिएको जनमोर्चाकोे विज्ञप्तिमा उल्लेख छ। जनमोर्चाले प्रधानमन्त्री कार्यालयबाटै न्यूनतम साझा कार्याक्रममा अध्यक्ष केसीको हस्ताक्षर परेको दाबी गरेको छ।

प्रकाशित: Apr 07, 2023| 14:01 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...