बिहीबार, वैशाख १८, २०८२

माओवादी कमजोर भएकाले पुनर्गठन अपरिहार्य : जनार्दन शर्मा

देश माओवादीकै एजेन्डामा चलिरहे पनि पार्टी कमजोर भइरहेकाले चाँडो पुनर्गठनतिर लाग्न नेतृत्वसमक्ष जनार्दनको आग्रह।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं– सांसद एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगिसकेकाले पुनर्गठन अनिवार्य र अपहरिहार्य भइसकेको दाबी गरेका छन्।

शुक्रबार पार्टी संगठन विभागको कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आएका पूर्वअर्थमन्त्रीसमेत रहेका नेता शर्माले सबभन्दा पहिले नेकपा माओवादीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन्।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै शर्माले सबैभन्दा पहिला माओवादीभित्रको बेरोजगारी अन्त्य गर्नुपर्ने बताए।

‘पहिले माओवादीभित्रको बेरोजगारीलाई अन्त्य गरेर मात्रै हाम्रो समग्र देशको बेरोजगारीको अन्त्य गर्न सक्छौं। पार्टीभित्रको बेरोजगारी अन्त्य गर्न सबै नेता, कार्यकर्ता उत्पादनमा जोडिनुपर्ने हुन्छ। यसबाहेक माओवादीसँग अर्को विकल्प छैन।’

माओवादीमा कुनै सेल, कमिटी नरहेकाले अब उत्पादनको सेल कमिटी बनाइनुपर्ने उनको भनाइ छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार भए पनि हाल माओवादी र जनताबीच बेमेल रहेको देखिएको उनले सुनाए।

Metro Mart
worldlink

देश माओवादीकै एजेन्डामा चलिरहे पनि पार्टी कमजोर भइरहेकाले यसलाई नेतृत्वले खेंलाची गर्न नहुने उनको जिकिर छ।

४ मंसिरको निर्वाचनमा जितेपछि यो कार्यकालमा मन्त्री नहुने र पार्टी निर्माणमा लाग्ने  घोषणा गरेकाले अहिले कुनै लाभका पदमा नबसेको उनले दाबी गरे।

पत्रकार सम्मेलनमा नेता शर्माले केन्द्रको समीकरणअनुसार नै प्रदेशमा सरकार गठन हुने बताए। उनले भने, ‘कर्णालीमा एमालेलाई आउट गरेर माओवादी–कांग्रेसबीच सत्ता सहकार्य हुन्छ।’

हाल माओवादी नेतृत्वको प्रदेश सरकार रहेको कर्णालीमा कांग्रेसले नेतृत्वमा दाबी गरिरहेको छ। प्रचण्ड चुनावका बेला हुम्ला पुगेर कांग्रेस नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा निरन्तरता दिइने बताएका थिए।

तर माओवादी एमाले नेतृत्वको गठजोडमा रहेका बेला आफ्नै पार्टी नेता रामकुमार शर्मालाई मुख्यमन्त्री बनाएको थियो।

प्रकाशित: Apr 07, 2023| 12:18 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...