काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गरेको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिदको सूचीमा लिपिबद्ध गर्ने घोषणा गरेको हो।
मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको माओवादी कोटाबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका सुदन किराँतीले बताए।
मन्त्रिपरिषद् बैठकले मृतक लिम्बूको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरे पनि रकमबारे खुलाएको छैन।
लिम्बू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए।