बिहीबार, वैशाख १८, २०८२

उपनिर्वाचन आचारसंहिताले मन्त्रिपरिषद विस्तारमा असर गर्ला?

आगामी बैशाख १० गते उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

Metro Mart
worldlink

काठमाडौं- आगामी बैशाख १० गते उपनिर्वाचन हुने जिल्लामा आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुने भएकाले ती जिल्लामा आचारसंहिता लागू भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरिरहेको बेला लागू भएको आचारसंहिताले मन्त्रिपरिषद विस्तारलाई भने नरोक्ने उनले बताए। आयोगले शुक्रबारदेखि लागू गरेको आचारसंहिता देशभरि नभएकाले निर्वाचन हुने बारा, चितवन र तनहुँमा मात्रै लागू हुने उनले बताए।

प्रकाशित: Apr 07, 2023| 07:24 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...