सोमबार, वैशाख १५, २०८२

आईपीएल क्रिकेटमा कोलकतासँग बेंग्लोर पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ। कोलकताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो।
 |  शुक्रबार, चैत २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २४, २०७९

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई पराजित गरेको छ। कोलकताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो।

गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो। बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो। कोलकताका शार्दुल ठाकुरले सर्वाधिक ६८ रन तथा रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए । आईपीएल क्रिकेटमा गुर्वाजको यो पहिलो अर्धशतक पनि हो।

त्यस्तै रिंकु सिंहले ४६ रन जोडे। बेंग्लोरका डेबिड बिल्ली र कर्ण शर्माले समान २/२ तथा मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलले समान १/१ विकेट लिए। पहिलो जितमा दुई अंकका साथ कोलकता तालिकाको तेस्रो स्थानमा रहेको छ । बेंग्लोर २ खेलमा २ अंकसहित सातौं स्थानमा छ।
 

प्रकाशित: Apr 07, 2023| 06:57 शुक्रबार, चैत २४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।