सोमबार, वैशाख १५, २०८२

'जनकपुरधाम मेयर कप टि–२०' क्रिकेट प्रतियोगिता सुरु

 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

Metro Mart
worldlink

जनकपुर- आजदेखि यहाँ ‘जनकपुरधाम मेयर कप टि–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ। जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको समन्वय जिल्ला क्रिकेट सङ्घ धनुषा तथा सहयोग फ्याक्ट नेपाल र एनएमबि बैंकको रहेको छ।

जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन राम–जानकी क्षेत्रीय अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी वैशाख १ गतेसम्म चल्ने छ। लिग प्रणालीमा खेलाइने प्रतियोगितामा मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टोलीका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका गरी १२ टोलीको सहभागिता रहने जिल्ला क्रिकेट सङ्घले जनाएको छ। 

प्रतियोगिताका विजेतालाई रु दुई लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र तथा उपविजेतालाई रु एक लाख ५१ हजार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा नगरप्रमुख मनोजकुमार साहले अन्तर्राष्ट्रिय रङ्गशालाको निर्माण गरी विसं २०८३ मा हुने ११औँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका कार्यक्रम जनकपुरधाममा नै हुने गरी काम गरिने बताए। वक्ताहरूले रङ्गशालालाई मधेस प्रदेशको गौरवको योजना घोषणा गरी तीन तहका सरकारले बजेटको सुनिश्चितता गर्नुपर्नेमा जोड दिएका थिए।
 

प्रकाशित: Apr 06, 2023| 20:41 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।