बिहीबार, वैशाख १८, २०८२

दलका कार्यकर्ता भर्ती गर्ने संघीयता चाहिँदैन : राप्रपा सांसद शाही

सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको दाबीसहित संघीयता नचाहिने बताएका हुन्।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले संघीयता कार्यकर्ता भर्ती केन्द्र भएको बताएका छन्। कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउन प्रदेश संरचना तयार पारिएको उनको भनाइ छ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको दाबीसहित  संघीयता नचाहिने बताएका हुन्।

उनले भने, ‘पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो। यदि १ अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ। प्रदेश एउटा पहिचानका लागि चाहिन्छ, अर्को देश ठूलो भयो भने केन्द्रीकरण गर्न चाहिन्छ। तर आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो। यसरी विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन।’

शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेकाले यसको जवाफ हालसम्मका प्रधानमन्त्रीले दिनुपर्ने माग गरे।

प्रकाशित: Apr 06, 2023| 15:16 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...