बिहीबार, वैशाख १८, २०८२

त्रिभुवन विमानस्थलमा शवका बाकससमेत लुटिन्छन् : रास्वपा सांसद ढकाल 

विमानस्थलमा हुने गरेको संस्थागत लुटलाई नियन्त्रणमा नल्याइए नागरिकको आक्रोशले सीमा नाघ्न सक्ने सांसद ढकालको चेतावनी।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद हरि ढकालले देशमा संस्थागत भ्रष्टाचारले सीमा नाघेको बताएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले विमानस्थलमा विदेशबाट ल्याइएका शवका बाकसमा समेत केही गरगहना र पैसा छन् कि भनेर कर्मचारीले फुटाउने गरेको दाबी गरेका हुन्।

उनले भने, ‘समाज कहाँ जाँदै छ? समाज के बन्दै छ? कारण के हो? भ्रष्टाचार यसरी संस्थागत जरोसम्म पुगिसक्यो शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ। संस्थागत लुटलाई नियन्त्रणमा नल्याइए नागरिकको आक्रोशले सीमा नाघ्न सक्छ।’

उनले गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको आफूले विद्यालय अनुगमनका क्रममा फेला पारेको बैठकमा सुनाए।

त्रिभुवन विमानस्थलमा भ्रष्टाचार गर्न विदेशबाट आएको शवको बाकससमेत खोलेर हेर्न थालिएको उनको भनाइ छ। उनले भने, ‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिने गरेको छ, केही सामान लुट्न पाइन्छन् कि भनेर। तपाईं–हामीले ब्याग फुटेको सुनेका थियौं। तर अब शवको बाक्सासमेत लुट्नका लागि गरगहना र महत्त्वपूर्ण सामान छन् कि भनेर फुटाउन थालिएको छ।’

Metro Mart
worldlink

प्रकाशित: Apr 06, 2023| 14:55 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...