शुक्रबार, वैशाख १९, २०८२

बेलुकी ५ बजे सार्वजनिक गरिँदै सरकारको न्यूनतम साझा कार्यक्रम

गठबन्धन दलहरूबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको हो। 
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– सरकारको न्यूनतम साझा कार्यक्रम बेलुकी ५ बजे सार्वजनिक गरिने भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दस दलीय सत्ता गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले गठबन्धन दलहरूबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको जानकारी दिए। 

उनले भने, ‘आज सत्ता गठबन्धन दलहरूबीच सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रमबारे सैद्धान्तिक र नीतिगत विषयमा छलफल भयो। मोटामोटी रुपमा सहमति भएको छ। सानातिना सुझाव केही भए बेलुकी ५ बजेसम्म दिन सकिनेछ। लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएका विषय र सुशासनबारेमा मूल सहमति भएको हो।’

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको उनको भनाइ छ।

न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट रमेश लेखक, नेकपा माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट विजय पौडेल सम्मिलित कार्यदल गठन भएको थियो। 

Metro Mart
worldlink

आज कार्यदलले तयार पारेको प्रतिवेदन गठबन्धन बैठकबाट अनुमोदन भएको हो।

प्रकाशित: Apr 06, 2023| 12:42 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...