शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सार्वजनिक एजेन्डामा बहस गर्न देउवासहितका नेतालाई ओलीको चुह्ले निम्तो

सार्वजनिक एजेन्डामा बहस गर्न देउवासहितका नेतालाई ओलीको चुह्ले निम्तो

गठबन्धनमा उलटफेर भएपछि सत्ता गुमाएको एमालेले प्रचण्ड र नेता नेपालप्रति धारे हात लगाइरहेकामा कांग्रेसका नेताले प्रतिरोध गर्न थालेपछि एजेन्डामा बहस गर्न ओलीले दिए चुनौती।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं– आगामी १० मंसिरमा हुने तय भएको उपनिर्वाचन र सत्ता गठबन्धनलाई लिएर कांग्रेस–एमाले नेताहरूबीच आरोप–प्रत्यारोप जारी छ। कांग्रेसले नेकपा माओवादी केन्द्र एवं अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो क्याम्पमा ल्याउन सफल भइरहेको दाबी गरिरहेको छ।

तर एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले प्रचण्डलाई आफ्नो गठबन्धनमा भित्र्याएर नयाँ गठजोड निर्माण गरे पनि त्यो ‘टालटुले बाटुली’ र छिट्टै धागो चुँडिने बताउँदै आएका छन्। गत १५ फागुनमा प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको एमाले अध्यक्ष ओली कांग्रेससँग सहकार्य गर्न कुनै ‘आइतबार’ कुर्नु नपर्ने बताएका थिए। ३५ सिटे माओवादीले राजनीतिक लाभका लागि एमाले–कांग्रेसलाई प्रयोग गरेकाले प्रचण्डलाई प्रधानमन्त्रीबाट बिदा गरी कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने ओली आशय थियो। तर ओलीको सहकार्यलाई कांग्रेस नेताहरूले ठाडै अस्वीकृत गरिदिए। 

महामन्त्री गगन थापाले त ओलीको उक्त बोलीलाई २०८४ सम्म कुर्न आग्रह गरे। त्यो भनेको उनले २०८४ मा कांग्रेसले बहुमत ल्याउने र सरकार गठनको सन्दर्भलाई लिएर प्रतिपक्षी एमाले नेता ओलीसँग संवाद गरिने घुर्की लगाएका हुन्। केही दिनपछि ओलीले उनको जवाफको प्रत्युत्तर दिँदै कांग्रेसमा गगन थापाहरू जस्ताले राजनीतिलाई बिगारेको आरोप लगाए। उनले एमाले कसैको पछि लागेर सत्ताका लागि मरिहत्ते नगर्ने पार्टी भएकोसमेत बताए।

गठबन्धनमा उलटफेर भएपछि सत्ता गुमाएको एमालेले प्रचण्ड र नेता नेपालप्रति धारे हात लगाइरहेकामा कांग्रेसका नेताले प्रतिरोध गर्न थालेपछि एजेन्डामा बहस गर्न ओलीले दिए चुनौती

एमाले अध्यक्ष ओलीले पछिल्लो समय प्रचण्ड र नेकपा एसका नेता अध्यक्ष माधवकुमार नेपालप्रति कटु वचन बोल्दै आएका छन्। प्रचण्ड र नेता नेपालले वामपन्थी लाइन भत्काएर दक्षिणपन्थतिर लागेको उनको आरोप छ। ओलीले प्रचण्डलाई सत्ताको ‘भोको’समेत भनिरहेका छन्। जता सत्ता पाइने सम्भावना हुन्छ, प्रचण्डले राजनीतिक सिद्धान्त र विचारधारालाई लात हान्दै आएको ओलीको बुझाइ रहँदै आएको छ।

प्रचण्ड र नेपालप्रति ओलीको तिखो वचनप्रति सत्तारुढ माओवादी र नेकपा एसका नेताहरू मौन छन् भने कांग्रेस नेताहरूले प्रतिवाद गरिरहेका छन्।

Metro Mart
worldlink

यसअघि ४ मंसिरको निर्वाचनका बेला ओलीले कांग्रेस नेताहरूलाई गालीगलौज नगरी विकासका एजेन्डामा आधारित भएर खुला बहस गर्न चुनौती दिएका थिए। खासगरी ओलीप्रति पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माहरू निर्मम सुनिँदै आएका छन्। ओलीले दोस्रोपल्ट आज उपनिर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन एजेन्डामा आधारित बहसका लागि कांग्रेसहितका नेताहरूलाई चुल्हे निम्तो गरेका छन्।

आगामी १० वैशाखमा बारा २, चितवन २ र तनहुँ १ मा हुने निर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न ओलीले सत्तापक्षी नेताहरूलाई खुला चुनौती दिएका हुन्।

आजै निर्वाचन आयोगले १० वैशाखको उपनिर्वाचमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ। ओलीले यो उपनिर्वाचनमा धेरै उम्मेदवार युवाहरू देखिएकामा खुसी लागेको बताएका छन्। उनले यसो भन्नुको अर्थ सार्वजनिक बहस कार्यक्रममा देउवा आफूभन्दा दस वर्ष जेठो भए पनि दाइ भनिने र आपूmलाई बा भनिने गरेको तीतो पोख्दै आएको विषयलाई उठान गरेको बुझ्न सकिन्छ। 

ओलीले गत ४ मंसिरमा सम्पन्न आमनिर्वाचनअघि पनि कांग्रेस सभापति देउवालाई सार्वजनिक बहसका लागि चुनौती दिएका थिए। ओलीले देउवालाई त्यतिबेला सार्वजनिक बहसका लागि आह्वान गर्दा त्यो प्रयास सफल नभएको भन्दै राजनीतिलाई सही बाटोमा लैजान एजेन्डा केन्द्रित हुनुपर्ने बताएका छन्।

प्रकाशित: Apr 06, 2023| 12:10 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...