शुक्रबार, वैशाख १९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • उपनिर्वाचन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गरिने

उपनिर्वाचन: आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह प्रदान गरिने

बैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- बैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ।

गत २१ गते उम्मेदवारका बिरुद्धमा परेको उजुरी हिजो मंगलवार छानबिन सकिए पछि आज अन्तिम नामावली सार्वजनिक गरिन लागिएको हो। आजै उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिनेछ। 

निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको कार्यतालिका अनुसार गत चैत २० गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारको कानुनी हैसियत प्राप्त गरी उपनिर्वाचनका लागि योग्य भएका नाम सार्वजनिक गरिनेछ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा हुन गईरहेको उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसअनुसार बारा–२ मा १२ वटा राजनीतिक दलका र २४ जना स्वतन्त्रसहित ३६ जनाले उम्मेदवारी दर्ता गराएका थिए भने चितवन–२ मा १२ जना स्वतन्त्रसहित १२ जना राजनीतिक दलका उम्मेमदवारसहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उता, तनुहँ–१ मा ९ वटा राजनीतिक दलकातर्फवाट उम्मेदवारी दर्ता गराएका छन्।

उता, चितवन क्षेत्र नम्बर-२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। लामिछानेविरुद्ध परेका ४ वटा उजुरी मध्ये तीन वटा उजुरीमा दावी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अकिकृतको कार्यालयले उनको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो। तर, युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ, जुन उजुरीको जवाफ दिन लामिछानेलाई ७ दिनको समय दिइएको छ।

Metro Mart
worldlink

प्रकाशित: Apr 06, 2023| 07:47 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...