शुक्रबार, वैशाख १९, २०८२

सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्। 
 |  बिहीबार, चैत २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २३, २०७९

काठमाडौं- सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन्। 

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो। कार्यदलले तयार पारे अनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रमबारे पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनको बैठक बसेर अन्तिम रुप दिइनेछ। आज बस्ने गठबन्धनको बैठकले अनुमोदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको बुझिएको छ। 

Metro Mart
worldlink

प्रकाशित: Apr 06, 2023| 07:30 बिहीबार, चैत २३, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...