सोमबार, वैशाख १५, २०८२

महिला ओलम्पिक छनोटमा नेपाल पराजित

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

काठमाठौं- फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल २०२४ को एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलमा नेपाल भियतनामसँग पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको हो। भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् भने फाम हाइ यन, एनगुएन थि बीच थुए र एनगुएन थि नाले एक एक गोल गरिन्।

नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काइन्। खेलको ११औँ मिनेटमा फाम हाइ यनले गोल गर्दै भियतनामलाई सुरुआती अग्रता दिलाइन्। उनले एनगुएन थिबीच थुएको क्रसमा सहजै गोल गरिन्।

त्यस्तै खेलको ३६औँ मिनेटमा भियतनामकी कप्तान हुन्ह न्हुले पेनाल्टीमार्फत गोल गर्दै आफनो टोलीको अग्रता दोब्बर बनाइन्। कप्तान न्हुकै प्रहारमा नेपालकी समीक्षा घिमिरेले ह्यान्डबल गरेपछि भियतनामले पेनाल्टी पाएको थियो। जसको सदुपयोग भियतनामकी कप्तानले गरिन्। 

यसैगरी खेलको ३८औँ मिनेटमा एनगुएन थि बिच थुएले गोल गरेपछि पहिलो हाफमा भियतनाम ३–० गोलअन्तरले अगाडि रह्यो। खेलको दोस्रो हाफमा भियतनामले दुई गोल थप्यो। खेलको ४८औँ मिनेटमा थि लोनको क्रसमा कप्तान न्हुले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गरिन्। 

Metro Mart
worldlink

 खेलको ७९औँ मिनेटमा नेपालकी सावित्राले एक गोल गरिन्। उनले सरु लिम्बूको पासलाई सदुपयोग गर्दै गोल गरिन्। त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एनगुएन थिले गोल गर्दै भियतनामलाई ५–१ को जित दिलाइन्। 

एसियाली छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ। यस समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीको मात्र सहभागिता रहेको हो। यस समूहमा शीर्ष स्थान हासिल गर्ने टोली दोस्रो चरणमा पुग्नेछ। 
 

प्रकाशित: Apr 05, 2023| 21:14 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।