शुक्रबार, वैशाख १९, २०८२

रविविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

 |  बुधबार, चैत २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २२, २०७९

Metro Mart
worldlink

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा भएको सुनुवाइपछि कारण देखाउ आदेश भएको हो। निवेदकले माग गरेबमोजिम अन्तरिम आदेश भने आएन।

सुनुवाइका क्रममा रवि पक्षका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्वीकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका थिए। सोमबार युवराज पौडेल (सफल) ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

प्रकाशित: Apr 05, 2023| 16:57 बुधबार, चैत २२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...