काठमाडौं– मधेस प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन्। मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई मधेस प्रदेश सरकारमा एमालेबाट सहभागी एक राज्यमन्त्रीसहित चार मन्त्रीले राजीनामा पत्र बुझाएका हुन्।
मधेस प्रदेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्री शत्रुधनप्रसाद सिंह, कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय सहभागी थिए।
मुख्यमन्त्री यादवले सोमबार फोन गरेरै एमालेका मन्त्रीहरूसँग राजीनामा मागेका थिए। २७ पुसमा एमालेको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए।