शनिबार, वैशाख २०, २०८२

मधेस प्रदेश सरकारबाट बाहिरिँदै एमाले

सात दलीय गठबन्धनका बेला जसपा नेतृत्वको मधेस प्रदेश सरकारमा सहभागी एमालेले केन्द्रमा गठजोड फेरिएपछि आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देश गरेको हो।
 |  मंगलबार, चैत २१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २१, २०७९

काठमाडौं– नेकपा एमालेले मधेस प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ। मधेस प्रदेशमा जनता समाजवादी पार्टीका मुख्यमन्त्री सरोजकुमार यादवको सरकारमा एमालेबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

केन्द्रमा एमाले नेतृत्वको सात दलीय गठबन्धनमा आबद्ध हुँदा जसपाले मधेस प्रदेशमा सरकारको नेतृत्व पाएको थियो। तर अहिले जसपा १० दलीय गठबन्धनमा हाम फालेपछि एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।

एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले केही बेरमा मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई राजीनामा बुझाउने तयारी गरेका छन्। मुख्यमन्त्री यादवले अन्य प्रदेशमा समीकरण बदलिए पनि मधेस प्रदेशमा एमाले–जसपा सहकार्य कायमै हुने बताएका थिए।

१० वैशाखको उपनिर्वाचनका लागि बारा २ मा एमाले र जसपाले आ–आफ्ना उम्मेदवार उठाएपछि गठबन्धनको औचित्य सकिएकाले प्रदेश सरकारबाट बाहिरिने निर्णयमा एमाले पुगेको बताइन्छ। बारा २ मा एमालेबाट पुरुषोत्तम पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन्।

प्रकाशित: Apr 04, 2023| 13:10 मंगलबार, चैत २१, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...