काठमाडौं- नेकपा एकीकृत समाजवादीले वैशाख १० मा हने उपचुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउने भएको छ।
सोमबार पार्टी मुख्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गठबन्धनका उम्मेदवारलाई सघाउने निर्णय गरेको हो।
बैठकले गठबन्धनका उम्मेदवारलाई मत दिन कार्यकर्तालाई निर्देशन पनि दिएको छ। बारा २, चितवन २ र तनहुँ १ मा उपचुनाव हुँदैछ।