काठमाडौं- आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि बारा-२ मा रमेश खरेलले उम्मेदवारी दर्ता गराएका छन्।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका हुन्। यद्यपि उनी नेपाल सुशासन पार्टीका अध्यक्ष हुन्। गत मंसिरमा भएको निर्वाचनमा उनी सोही पार्टीबाट काठमाडौं-१ मा चुनाव लडेर पराजित भएका थिए।
पूर्व डीआईजीसमेत रहेका खरेल हालै रास्वपा प्रवेश गरेका हुन्। चुनावलगत्तै उनको पार्टी रास्वपामा विलय हुने बताइएको छ।