आइतबार, वैशाख २१, २०८२

चितवनमा कांग्रेस एकढिक्का भएकाले रवि हार्छन् : महामन्त्री शर्मा

चितवन २ बाट ४ मंसिरमा रवि लामिछानेलाई मत दिएकाहरुले यसपटकको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार रोज्ने महामन्त्री शर्माको दाबी।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं– १० वैशाखको उपनिर्वाचनका लागि रिक्त चितवन २ मा दस दलीय गठबन्धनबाट कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउने मिसनसहित चितवन पुगेका महामन्त्री विश्वप्रकाश शर्माले यसपालिको चुनावी नतिजा रवि लामिछानेको विपक्षमा जाने दाबी गरेका छन्।

सोमबार जिल्ला जिल्ला निर्वाचन कार्यालय चितवनमा श्रेष्ठको उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै महामन्त्री शर्माले चितवनमा कांग्रेस एकढिक्का भएको र अघिल्लोपल्ट अन्यत्र भोट दिएकाले यसपटक जितनारायणको पक्ष लिएको हुँदा जित निश्चित भएको दाबी गरेका हुन्।

उनले भने, ‘चुनाव जित्न सकिँदैन भन्ने धेरैलाई लागेको हुन सक्छ। तर एक जना बाले यसपटक १० वैशाखमा परिणाम उल्टिन्छ भन्नुभएको छ। ४ मंसिरको निर्वाचनमा कांग्रेसको १८ हजार भोट अन्यत्र गएको थियो। यसपटक हाम्रोमै आउने भएपछि रविको साटो हामीले चुनाव जित्छौं।’ 

रास्वपाका अध्यक्ष रवि लामिछाने नागरिकता प्रकरणमा मुछिएसँगै सर्वोच्च अदालतले सांसद पद गुमाइदिएपछि चितवन २ मा निर्वाचन हुन लागेको हो।

चितवन कांग्रेसभित्र बलियो आधार भए पनि ४ मंसिरको निर्वाचनमा माओवादी उम्मेदवारलाई टिकट दिइएपछि स्वतन्त्र चुनाव उठेका दिनेश कोइरालाले समेत श्रेष्ठलाई जिताउन सार्वजनिक आह्वान गरेका छन्। कांग्रेसले कांग्रेसले विकास कोइरालामाथिको कारबाही फुकुवा गरेको छ।

Metro Mart
worldlink

प्रकाशित: Apr 03, 2023| 15:18 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...