काठमाडौं- प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बारामा नागरिक उन्मुक्ति पार्टीका डा. कमरुल्लाह अन्सारीले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा रामचन्द्र चौधरी र सर्मथकमा दिपेन्द्रकुमार साह रहेका छन्।
सत्ता गठबन्धनबाट भने जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। यादवलाई कांग्रेस, माओवादीलगायत दलको समर्थन छ। सत्ता गठबन्धनमा भए पनि नागरिक उन्मुक्तिले छुट्टै उम्मेदपारी दर्ता गराएको हो। योसँगै बारा-२ मा गठबन्धनका दुईजना उम्मेदवार भएका छन्।