काठमाडौं– कांग्रेस महामन्त्री गगनकुमार थापाले तनहुँ १ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन जिल्लाबासीसँग आग्रह गरेका छन्।
सोमबार भट्टराईले तनहुँ १ मा उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएपछिको कार्यक्रममा नेता थापाले यस्तो आग्रह गरेका हुन्। तनहुँ १ मा दस दलीय गठबन्धनका साझा उम्मेदवारका रुपमा कांग्रेसका भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।
महामन्त्री थापाले भने, ‘गोविन्द भट्टराई तपाईंको माटोले चिनेको उम्मेदवार हो। भट्टराई माटोलाई चिनेको उम्मेदवार पनि हो।’ ४ मंसिरमा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित सांसद राष्ट्रपति भएकाले विकास निर्माणलाई गति दिन पनि भट्टराईको जित आवश्यक रहेको उनको तर्क छ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट डा. स्वर्णिम वाग्ले मैदानमा उत्रिएका छन्।