आइतबार, वैशाख २१, २०८२

चितवन २ मा रवि लामिछानेको उम्मेदवारी दर्ता

सोमबार लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएका हुन्।
 |  सोमबार, चैत २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत २०, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी १० वैशाखमा तोकिएको उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दर्ता गराएका छन्। 

सोमबार लामिछानेले जिल्ला निर्वाचन कार्यालय चितवनमा उम्मेदवारी दर्ता गराएका हुन्।

लामिछाने यसअघि ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। तर पछि सर्वोच्च अदालतले नागरिक प्रकरणमा दोषी पाइएपछि उनको सांसद पद गुमेको थियो। 

चितवन २ मआ कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरी निर्वाचनको मैदानमा उत्रिएका छन्। उनीहरुले पनि आजै उम्मेदवारी दर्ता गर्दै छन्।

निर्वाचन आयोगका अनुसार चितवन २ को उपनिर्वाचनमा १ लाख २४ हजार ६९५ जना मतदाताले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्नेछन्।

Metro Mart
worldlink

प्रकाशित: Apr 03, 2023| 10:57 सोमबार, चैत २०, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...