आइतबार, वैशाख २१, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • तनहुँ-१ उपनिर्वाचन: उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

तनहुँ-१ उपनिर्वाचन: उम्मेदवारी दर्ताका लागि दललाई छुट्टाछुट्टै समय

 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका सन्दर्भमा भोलि सोमबार तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ। 

उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा छुट्टाछुट्टै समय निर्धारण गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज यहाँ आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ। एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए। 

नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले) लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १:३० को समय निर्धारण गरिएको छ। अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन सबै राजनीतिक दलसँग समन्वय गरिने बताए। उपनिर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष बनाउन सबै पक्षको सहयोग आवश्यक पर्ने उनको भनाइ थियो। प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित बनाउन प्रशासन प्रतिबद्ध रहेको बताए। 

नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनाल, एमालेका उपसचिव प्रदीपराज अधिकारी, माओवादी केन्द्रका अध्यक्ष ओमराज आले, एकीकृत समाजवादीका अध्यक्ष श्रीराम कार्की, राप्रपाका अध्यक्ष विनोद घर्तीलगायतले आचारसंहिता पालनामा आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताए। 

Metro Mart
worldlink

सो अवसरमा निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले उम्मेदवारी दर्ताका क्रममा आवश्यक कागजात, पालना गर्नुपर्ने आचारसंहितालगायतका विषयमा प्रष्ट पारे।

प्रकाशित: Apr 02, 2023| 20:54 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...