बारा- आगामी १० वैशाखमा हुने बारा क्षेत्र नं.२ मा उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीन जनाको नाम सिफारिस गर्ने भएको छ।
जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो।
साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन्। बारा-२ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो। २०७० सालमा बारा क्षेत्र नं.६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लडेका छैनन्।