सोमबार, वैशाख १५, २०८२

युनाइटेडमाथि शीर्ष स्थानको आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ।
 |  आइतबार, चैत १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत १९, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले सानदार जित हात पारेको छ।

आर्सनलले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि ४–१ को सानदार जित दर्ता गर्दै शीर्षस्थान कायमै राखेको हो।

इमिरेट्स स्टेडियम लन्डनमा आइतबार राति भएको एक पक्षीय खेलमा घरेलु टोली आर्सनलले खेलको ३५औं मिनेटमा जेससको पेनाल्टी गोलबाट अग्रता लिएको थियो। गाब्रिएल मार्टिनेलीको पासलाई सदुपयोग गर्दै ४७औं मिनेटमा बेन ह्वाइटले आर्सनलको पहिलो हाफमा नै अग्रतालाई दोब्बर पारे। 

पहिलो हाफमा दोब्बर अग्रताले अघि बढेको आर्सनल दोस्रो हाफको ५५औं मिनेटमा जेससले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै आर्सनललाई सहज जिततर्फ अग्रसर गराए। तर, ७६औं मिनेटमा युनाईटेडका रसमुसले गोल गर्दै खेललाई ३–१ ले स्थितिमा ल्याए पनि खेल सकिनु केही समय अघि अर्थात ८४औं मिनेटमा ग्रानिट झाँकाले मार्टिन ओडेगार्डको पासमा गोल गदै आर्सनललाई ४–१ को सानदार जित दिलाउन सफल भए।

यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले ८ अंककै अग्रता कायमै राख्न सफल भएको छ। जसअनुसार आर्सनलको २९ खेलबाट ७२ अंक पुगेको छ। एक खेल कम खेलेको सिटीको आर्सनललाई पछयाउँदै ६४ अंकसहित दोस्रो स्थानमा रहेको छ । पराजित लिड्स भने २६ अंक जोडेर १६औं स्थानमा छ।

Metro Mart
worldlink

प्रकाशित: Apr 02, 2023| 07:40 आइतबार, चैत १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।